राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सांसद् बाँस्कोटाकाे सुझाव
काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् ।
उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिए । उनले कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा-रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे ।
