रुसमा शक्तिशाली भूकम्पको धक्का
काठमाडौं । रुसमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको हो । रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पपछि ज्वालामुखी विस्फोट भएको सञ्चारमाध्यमले जनाएको छ । भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ ।
