विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो ।
बैठकमा शिक्षा विधेयकमा सम्बन्धमा पनि छलफल भएको थियो । जसमा शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने र टुंग्याउने क्रममा सार्वजनिक विद्यालय, निजी विद्यालयहरु सबैलाई समेटेर टुंग्याइनुपर्नेमा जोड दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले भविष्यमा निजी विद्यालय स्थापना गर्नेकुरा कायम राखिनुपर्ने बताए ।
निजी विद्यालय भविष्यमा नराख्ने हो भने विद्यालय तहकै लागि पनि विदेश अध्ययन गर्ने क्रम बढ्ने डर रहेको बताएका छन् । त्यो अवस्था आउन दिन नहुनेमा कांग्रेस सचेत रहेको बताए ।
