sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गभर्नर नियुक्तिः सत्तारुढ दलबीच ‘कसले पाउने’ भन्नेमै हानथाप, का.मु. गभर्नरबाट सरकारलाई असहयोग

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गत सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गरेका छन् । एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उनले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाईको सरकारको अहंकाररुपी बेलुन फुटिसकेको टिप्पणी गरेका हुन् । 

अध्यक्ष दाहालको भनाइ आएको अर्को दिन नै सत्ताघटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरमा कुनै समस्या नरहेको स्पष्टिकरण दिनुभयो । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको बताउनु भयो ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको बताइरहँदा अर्को दिन बुधबार सदनमा समेत प्रश्न उठ्यो ।  रास्वपाकी सांसद डा. चन्दा कार्कीले बुधर प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिमा ढिलाइ गरेर सरकारले राष्ट्र बैंकलाई राजनीतिक सौदाबाजीको थलो बनाउनुका साथै देशको अर्थतन्त्रलाई नै दाउमा लगाएको आरो लगाएकी छन्  । 

त्यसअघि रास्वपाकै सांसद् डा. स्वर्णिम वाग्ले, निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतले गभर्नरका बारेमा प्रश्न उठाए । यी घटनाक्रमले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा यो विषय झन् झन् पेचिलो बन्दै गएको प्रष्ट देखाएको छ ।

संसददेखि बिभिन्न फोरमहरुसम्मै गभर्नर नियुक्तिमा भइरहेको मोलमोलाइ, ढिलाइप्रति प्रश्न उठेपनि सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति देउवाले नै ओलीले काँग्रेसलाई गभर्नर दिन तयार भएको बताउनुले सक्षम, योग्य गभर्नर नियुक्ति हुनेमा झनै प्रश्न उठेको छ ।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्