sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

दुई महिनामा ९७ परिवारलाई पुर्जा वितरण

२० साउन २०८३, बुधवार स्टार संवाददाता

भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

समितिका अनुसार वितरण गरिएका पुर्जाहरूमा छ भूमिहीन दलित, ५८ भूमिहीन सुकुमवासी र ३३ अव्यवस्थित बसोबासी परिवार समावेश छन् ।

झापा, बर्दिया, चितवन र डडेलधुराका विभिन्न स्थानीय तहमा जग्गाधनी पुर्जा वितरण गरिएको हो जसमा इच्छाकामना नगरपालिकामा सर्वाधिक ३४ परिवारलाई पुर्जा दिइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्