sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक-अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ । 

केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई नै कारबाही गरिएको दाबी गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय शेर्पासँगै केन्द्रीय सदस्य परोपकार अधिकारीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

‘नेविसंघको विधान, २०२७ (संशोधन सहित) को धारा २४ ९२० तथा आचारसहिता, २०८१ को नियम १५ (क), (ग) र नियम ७ बमोजिमको व्यवस्थाबमोजिम अनुशासनको कारबाही गरी आजकै मितिबाट लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्