नीति तथा कार्यक्रममा सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी प्राथमिकतामा : सचेतक बराल
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई महत्व दिएको बताएकी छन् ।
बिहीबनर प्रतिनिधिसभाको बैठकमा उनले कार्यक्रमले सुशासन सहितको संघीयताको सुदृढीकरणमात्र नभई संविधान कार्यान्वयनमा देखिएका केही कानून निर्माणको विषयलाई नाम नै किटान गरेर यसै अधिवेशनबाट विधेयकहरु पास गर्ने उल्लेख गरेको बताएकी हुन् ।
उनले नीति तथा कार्यक्रमहरु आफैंमा सुन्दर बनेर आएपनि कार्यक्रमिक योजना र बजेटसम्म पुग्दा समस्या देखिने र अलमलमा पर्ने परिस्थिति भने रही नै रहने स्पष्ट पारीन् । सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रम सन्तुलित, आत्मनिर्भर र स्वाभिमानयुक्त नीति अवलम्वन गर्नेगरी आएको र परराष्ट्रदेखि स्वदेशका विविध विषयका आयामलाई सन्तुलित ढंगबाट उठान गरिएको दाबी गरेकी छन् ।
