'नीति तथा कार्यक्रम राष्ट्रको भावी यात्राको नक्शा हो'
काठमाडौं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा यनले यो सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गरेका हुन् ।
संसदको दुई ठूला दल मिलेर गठन भएको सरकार आग्रह, पूर्वाग्रह र प्रतिशोधले ग्रसित नभएको सांसद कार्कीले स्पष्ट पारे । उनले मुलुकका हरेक नागरिकका साथै हिमाल, पहाड र मधेसमा बस्ने जनताले प्रत्यक्ष रुपले अनुभुत गर्ने विकासको आवश्यकतामा जोड दिएका छन् ।
उनले मुलुकमा केही हुँदैन भन्ने भाष्य संगठित रुपले अघि बढाउने प्रयास भइरहेको आरोप लगाए ।
