sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सरकारको नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद् शाही

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताए । 

उनले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गरे । उनले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गरेका छन् । 

उनले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्