sevenstartv.com २१ वैशाख २०८३, सोमवार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् भानुभक्त जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद् जोशीले यस्तो माग गरेका हुन् । 

उनले एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि समेत व्यवस्था भइसकेकोले विधेयकलाई छिटो पास गर्नुपर्ने बताए । उनले विधेयकलाई प्राथमिकताका साथ कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गरे । गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने तय पनि भएको थियो ।

 सोही दिन पारित गर्ने प्रश्ताव राख्ने तय भएको थियो । तर, मन्त्री पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो । विधेयक ०८० असोज २१ गते मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्