sevenstartv.com ८ असार २०८२, आइतवार

‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताएका छन् । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताए । उनले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताएका छन् । उनले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताए । 

उनले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्नेकुराको खोजि गर्न जरुरी रहेको बताए । उनले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भएपनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो ग.रेका छन् । उनले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्