डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद् सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।