sevenstartv.com ८ असार २०८२, आइतवार

गीतकार शान्ता राइको गीत 'नछुट्टिने मन' सार्वजनिक

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन' सार्वजनिक भएको छ । शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

 योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअगाडी आइसकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम राइको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनु हुन्छ भन्नेमा आफु बिस्वस्त रहेको गीतकार शान्ता राइले बताएकी छन् । 

https://www.youtube.com/watch?v=Zi64GVmLTtI

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्