sevenstartv.com २१ वैशाख २०८३, सोमवार

दुई संसदीय समितिको बैठक बस्दै

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने छ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल  हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्