प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको छ । राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
