sevenstartv.com ८ असोज २०८३, बिहिवार

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गरेका हुन् । 

उनले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएपनि समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताए । 

यो पनि पढ्नुहोस्