रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहीबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताइन् । उनले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताइन् ।
