'कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको'
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई किन उचालेको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधसभाको बैठकमा भट्टराईले यस्तो भनेका हुन् ।
‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त । एकपटक सम्झिनुस् त तपाईंले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई । अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनुभयो । उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनुभएको छ ? मुटुमै गोली लागेजस्तो किन भएको छ ?
उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै उचाल्नुको औचित्य नभएको बताए ।
