sevenstartv.com ९ चैत २०८२, सोमवार

क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन् ।

योसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता हुन पाउने भएका छन् । २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो ।  नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए। 

त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो। उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए। उनले लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० को थियो।

 १७ वर्ष राष्ट्रिय टोलीबाट खेलेका महबुब आलमले दुई नेपाली खेलाडीमाथि स्पट फिक्सिङ गर्न प्रस्ताव गरेको आरोप सिआईबीले लगाएको थियो। नेपाल टी–२० लिग सकिएको दुई सातापछि महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्