sevenstartv.com २१ वैशाख २०८३, सोमवार

आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ : जनार्दन शर्मा

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् । शर्माले अहिलेको तरिकाले मुलुक चल्न नसक्ने बताउँदै आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । 

उनले सामाजिक न्यायका लागि समाजमा विद्यमान विभेद अन्त्य गर्न राज्य, समुदाय र आम नागरिकको भुमिका स्पष्ट हुनुपर्ने बताए । उनले सामाजिक र सांस्कृतिक रूपान्तरण, आर्थिक उत्पादन, रोजगारी, समृद्धि एवं सुशासनको अभियानमार्फत जनचेतना वृद्धि गर्दै सामाजिक न्याय स्थापना गर्नको लागि नीति तथा कार्यक्रम स्पष्ट र ठोस हुनुपर्ने माग राखे ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले गरिबी अन्त्य र रोजगारी सिर्जनाको लागि श्रमयोग्य व्यक्तिहरूलाई तालिम, स्थानीय स्रोत आधारित उत्पादन, सहुलियत ऋण, साधन स्रोतको उपयोगसम्बन्धी योजनासहितको स्पष्ट नीति हुनुपर्ने बताए र 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्