sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछ : राष्ट्रपति पौडेल

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने बताएका छन् । 

राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा उनले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्ने जिकिर गरेका हुन् । 

उनले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरुको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको उल्लेख गरेका छन् । 

उनले सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रुपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल भएको बताए । उनले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागकिप्रति जवाफदेही हुनैपर्ने बताएबका छन् । 

लोकतन्त्रको लाभ नागरिसम्म पु¥याउन उनीहरुको सशक्तिकरण आवश्यक रहेको भन्दै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको बताए । पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभुत आवश्यकता भएको उल्लेख गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्