sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ : सांसद् पराजुली

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद् पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ । 

उनले सांसद् पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्