sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन सांसद् यादवकाे माग

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सांसद् रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।  

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन् । यस वर्ष वैशाख २३ गते सीता महोत्सव परेको छ । ‘नेपाललाई सीताको देश भनेर चिनिन्छ । 

धैर्य र सहनशीलताको प्रतिमूर्ति हुन्। सनातन धर्मावलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते हो। यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ यादवको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्