sevenstartv.com ८ असोज २०८३, बिहिवार

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका सांसद् रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन् ।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’

त्यस्तै स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।

 

यो पनि पढ्नुहोस्