शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ ।
बैठक समितिको बैठक कक्ष सिंहदरबारमा दिउँसो साढे ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्ताव लगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।
