sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रधानमन्त्री र मन्त्रीहरुको वैदेशिक भ्रमणबारे संसदीय समिति अनविज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको  बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन् । 

विश्व समुदायमा भइरहेका कतिपय घटनाहरुमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए । 

अध्यक्ष नेपालले कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन समेत माग गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्