नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न गृहमन्त्री लेखककाे निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्ता गर्न निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए ।
उनले २५-३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताएका छन् । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताउए ।
