sevenstartv.com १० चैत २०८२, मङ्गलवार

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले पाए आममाफी

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आममाफी पाएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौँ व्यक्तिमध्ये पूर्वप्रधानमन्त्री ७५ वर्षीय सिनावात्रा पनि एक हुन् । 

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा ७२ औँ जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीलाई माफी दिएका हुन् ।

राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सीमित गरिदिएका हुन् । उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल) मा रिहा गरिएको थियो ।

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुईपटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्