sevenstartv.com २१ वैशाख २०८३, सोमवार

अर्थसहित चारवटा समितिको बैठक बस्दै

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्ने भएको छ । 

कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायत विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुने छ ।

अर्थ समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्