sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छ : प्रधानमन्त्री ओली

२० वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताएका छन् । 

शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताए  । 

उनले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताएका छन् । नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने बताउनु भयो । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ । 

उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताए । उनले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्