sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आज

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे  पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ । गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि ऊर्जा राज्यमन्त्री पद रिक्त थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्