sevenstartv.com ९ चैत २०८२, सोमवार

राष्ट्रपति ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन् । राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए । सो स्थानका अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ ।

वाल्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए । फ्लोरिडाका पूर्व कांग्रेस सदस्य वाल्ज ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसमा हट्ने पहिले व्यक्ति भएका छन् ।

वाल्जले कांग्रेस सदस्यदेखि सरकारका काम गर्दासम्म हरेक युद्ध मैदानमा कुशलता पूर्वक आफूलाई राखेको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्