sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई नेता निधिको आग्रह

८४ को चुनावमा कांग्रेसलाई मतदान गर्ने अपिल

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेसको जनसम्पर्क समितिद्वारा बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाली जनसम्पर्क समिति पहिलो पटक विपी कोईरालाले भारतमा स्थापना गरेको बताए । 

उनले विश्वभर क्रियाशिल रहेको काँग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताबताएका छन् । उनले प्रवासी नेपालीहरुलाई हुने कानूनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताए ।

प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्