sevenstartv.com ९ चैत २०८२, सोमवार

रुसले युक्रेनमा गरेको ड्रोन आक्रमणमा परेर दुई जनाको मृत्यु

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रुसले युक्रेनको ओडेसा सहरमा गरेको ड्रोन आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ । 

यो आक्रमणमा पाँच जना घाइते भएको दाबी गरिएको छ । रुसी आक्रमणबाट हताहत हुनुका साथै आवासीय भवन, एउटा सुपर मार्केट र एउटा विद्यालयमा क्षति पुगेको जनाइएको छ । 

२०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरमा हमला सुरु गरेदेखि रुसले यस बन्दरगाहमा निरन्तर आक्रमण गरिरहेको छ । यस आक्रमणबारे रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्