sevenstartv.com २१ वैशाख २०८३, सोमवार

शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा शिक्षकहरू असन्तुष्टि

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।

हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध गररेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ ।

‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

२० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन बुधबारको सहमतिपछि टुंगिएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्