sevenstartv.com ८ असोज २०८३, बिहिवार

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने भएको छ ।  

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताएका हुन् । 

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ ।  सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । 

उनले भने, ‘आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पुर्‍याउने हाम्रो लक्ष्य हो ।’ एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।

 

यो पनि पढ्नुहोस्