sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिका र युक्रेनबीच खनिज सम्झौता

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ । 

अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो ।

वक्तव्यमा जनाइए अनुसार किभको पुनः सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ। फेब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्