सगरमाथा संवादलाई हरेक नेपालीको गौरवशाली कार्यक्रमका रुपमा लिनुपर्ने डा. मिश्रको धारणा
संवादलाई आगामी पुस्ताले गर्व गर्नसक्ने अवस्थामा स्थापित गराउनु पर्ने भनाई
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई हरेक नेपालीको गौरवशाली कार्यक्रमका रुपमा लिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भुमिका’ विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सगरमाथा संवादलाई आगामी पुस्ताले गर्व गर्नसक्ने अवस्थामा स्थापित गराउनु पर्ने बताए ।
उनले जलवायु परिवर्तनका विषयमा विश्वको सबैभन्दा उच्च स्थानबाट प्रवाह गरिने सन्देशका रुपमा सगरमाथा संवादलाई अगाडि बढाउनुपर्ने बताए । उनले जलवायु परिवर्तनका बारेमा हिमालदेखि समुन्द्रसम्मको सन्देश विश्वलाई दिनसक्ने गरी सबै प्रकारका सञ्चारमाध्यमले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
उनले जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायसहितका लेख, तस्बिर, भिडियो लगायतका सामग्री प्रचारप्रसार गर्न आग्रह गरे
