पूर्वनवयुवराज शाहलाई प्रधानमन्त्रीको सुझाव, कला क्षेत्रमा लागे राम्रै हुन्छ
राजा हुने सपना देखे सपनामै जिन्दगी जाने चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् । उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए ।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएका थिए । पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ ।
प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए । उनले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताएका छन् ।
