एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने भएको छ । बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने भएको हो ।
पछिल्लो समय देश आन्दोलनमय बनेको छ । शिक्षक, चिकित्सक, लघुवित्त पीडित निरन्तर आन्दोलनमा छन् । शक्तिशाली सरकारले अपेक्षाअनुरुप ‘डेलिभरी’ दिन नसक्दा बढ्दै गएको असन्तुष्टि राजावादी आन्दोलनका नाममा प्रकट भयो ।
अहिले विपक्षमा रहेको एकीकृत समाजवादीले यी नै समसायिक विषयमा सरकारको ध्यानार्षण गराउन लागेको बुझिएको छ।
