sevenstartv.com २१ वैशाख २०८३, सोमवार

मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही

१७ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।

गण्डकी कोटिहोम ज्ञान महायज्ञमा उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलीहरू बलात्कृत भएका छन् । केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रा छोरीचेलीहरूले भोग्नुपरेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्