निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने पर्यटनमन्त्री पाण्डेको जिकिर
गलत प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गर्ने भनाई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको संप्रेषण भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताएका हुन् । उजले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गरिरहँदा युवाहरुको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन मुलुक निर्माणमा समस्या थपिने बताए ।
मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसहरुको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् ।
