sevenstartv.com २१ वैशाख २०८३, सोमवार

‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । 

मंगलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए ।

उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्