sevenstartv.com २१ वैशाख २०८३, सोमवार

शिक्षकहरूको आन्दोलन आज पनि जारी

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । 

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार पनि आन्दोलन जारी रहने भन्दै आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्,‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन  । त्यसैले आन्दोलन  बलियो गराऔँ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्