sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने निर्णय गरेको हो । 

यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद् बैठकले मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत स्वीकृत गरेको  छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्