sevenstartv.com ९ चैत २०८२, सोमवार

क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ । पार्टीका नेता जस्टिन ट्रडेउलाई विस्थापित गर्दै मार्क कार्नी प्रधानमन्त्री भएको ६ सातामा नै यो निर्वाचन भएको हो । लिबरल पार्टीका कानी तथा कन्जरभेटिका पियरे पोलिभिरेको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। कार्नीले क्यानडेली अझ दृढ र बलियो हुनुपर्नेमा जोड दिएका छन् । यस निर्वाचनमा दुवै दलले समान मुद्दा उठाएका छन् । पोलिभिरेले पनि ट्रम्पलाई क्यानडा आफ्नो आन्तरिक समस्या आफैं समाधान गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले लगाएको ट्यारिफको प्रतिकार गर्न तयार भएको दुवै दलले बताइसकेका छन्। साथै अमेरिकाबाट क्यानडामा भित्रने सामानमा कर लगाउने कुरामा पनि दुवै नेता सहमत भइसकेका छन् । ३४३ स्थानमा भएको मतदानमा सरकार गठनका लागि १७२ सिट जित्नु आवश्यक छ । हालका प्रधानमन्त्री कार्नी क्यानडामा सफलता पाएका अर्थशास्त्री हुन् । उनी राजनीतिमा प्रवेश गरेको पनि धेरै वर्ष भएको छैन । पोलिभिरे भने दुई दशकदेखि राजनीतिमा छन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्