संसद्मा प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ । संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।
शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको जनाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा छन् । उनी शुक्रबार अपरान्ह मात्रै काठमाडौं आइपुग्ने तालिका छ । प्रतिपक्षी र सत्तारुढ दुई ठूला नेता अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन पनि रोकिएको हो ।
