देउवा दम्पती स्वदेश फर्किँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज स्देश फर्किँदैछन् । वैशाख ७ गते थाइल्याण्ड प्रस्थान गरेका सभापति देउवा,परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, छोरा जयवीर र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन् ।
देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवं सामाजिक आयोग ९एस्क्याप० को ८१ औँ सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन् ।
सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ । उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।
