sevenstartv.com १२ वैशाख २०८३, शनिवार

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज

११ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद् विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्