माओवादी संसदीय दलको बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक जारि छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसिरहेको छ ।
बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
साथै, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि बैठक केन्द्रित रहेको छ ।
